Nepali  |  English

Find us at Facebook

Message From Manager

२०४६ साल पछि सहकारीको विकास स्वतस्र्फूत रुपमा भएको पाइन्छ । सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार सहकारी संस्थाहरु स्वायत्त छ । जस्ले गर्दा सहकारी संस्थाहरु स्वतन्त्र रुपमा आफ्नो विकासको लागि फुल्ने र फक्रिने मौका मिल्यो । आज यसको लोकप्रियता र महत्व बढी रहेको सहकारीको बढ्दो संख्या र राज्यको तीन अम्बे अर्थ नीति मध्ये एक खम्बाको रुपमा ग्रहण गरेको कदमले नै पुष्टि गर्छ । तर सहकारीको नाम बेचेर पैसा कमाउने वित्तीय अपराधीहरुले सहकारीमा देखिएको कमजोरीलाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यमका रुपमा प्रयोग गरिरहेको तथ्य पनि सहकारीमा देखिएको विकृतिले पुष्टि गरेको अवस्था छ । यस अर्थमा सहकारीलाई नबुझिकन सहकारीमा लाग्नु भनेको वित्तीय अपराधीहरुलाई प्रश्रय दिनु हो । तसर्थ सहकारीको पवित्र भावनालाई बुझि सहकारीको सिद्धान्त र मूल्यमान्यताको व्यवहारिक प्रयोगमा ध्यान दिने र दिलाउने कार्यमा हामी सहकारीकर्मी लागु पर्दछ । अनि मात्र सहकारीको माध्यमबाट सम्रग राष्ट्रको विकास हुनेमा हामी विश्वास गर्न सक्छौं ।