Nepali  |  English

Find us at Facebook

Message From Chairman

 

नेफ्स्कुनको १९ औं स्थापना दिवस कार्यक्रममा हामा्रे संघलाई उत्कृष्ट वचत संघ – २०६८ पुरस्कारका लागि छनोट गरिएको छ। यस अधि २०६६ सालमा पनि राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको थियो । विभिन्न सभा सम्मेलनहरुमा पनि उपल्लो संघका सहकारी अगुवाहरुले यस संघको क्रियाशिलतालाई प्रशंसा गरेका छन । यसबाट संघका औपचारिक ६ वर्ष सफल भएको मात्र होइन , जिल्ला तहमा जिल्ला संघको माध्यबाट एकद्वार प्रणालीमा हाम्रो विषयगत सहकारी संगठनको संरचना अगाडि बढ्नु पर्ने स्पष्ट भएको छ। 
 
बचत सहकारी संस्थाहरुको बढ्दो संख्या, एउटै व्यक्तिको कयौं संस्थामा सदस्यता सहकारी ऐन कानुन विपरित संस्थाहरुको संचालन, नियमक निकायको नैराश्यता, सहकारी भन्दा व्यवसायिक बृद्धि र नाफा, अस्वस्थ प्रतिस्पर्धा लगायतका कयौं नयाँ समस्याहरुले समेत गाँजेको यस अभियानलाई सही दिशा निर्देशन गर्नलाई सहकारी संस्थाहरुलाई संघीय संरचनामा अनुशासीत र नियमन गर्ने भन्दा अर्काे विकल्प हुन सक्दैन । सहकारी ऐन– २०४८ मा हाल विद्यमान विषयगत ३ तहको संरचनालाई हरेक संघ÷संस्थाले कडाईका साथ लागु गर्नु÷गराउनु नै बस्तुगत र उत्तम विकल्प हुनेछ ।
 
जय बचत तथा ऋण सहकारी ।