संघको तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिन दिवसिय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत तथा ऋण सहकारीमा सदस्यसंग हुने पहिलो भेट काउन्टरमा बस्ने कर्मचारीसंग हुने भएकोले उनीहरुको व्यवहार, ज्ञान सिप र क्षमतामा संस्थाको छवि निर्माणमा महत्तवपूर्ण भूमिका खेल्ने बताए । कर्मचारीको कार्यक्षमता अभिबृद्धिले संस्थाको लक्ष्य हासिलमा सहयोग पुग्ने विचार राख्दै सिकेको कुरा व्यवहारमा उतार्नुको साथै मातहतका कर्मचारीलाई पनि सिकाउन उनले सुझाए ।
संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका काउण्टरमा बस्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए । संस्थामा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिए । उपसमितिका सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि गर्ने उद्देश्य संघले पहिलाे चोटी नगद परिचालक तालिम संचालन गरेको बताए ।
तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सिकाई कहिले अन्य नहुने भएकोले निरन्तर सिकाईलाई जोड दिई कार्य क्षमता अभिबृद्धि गर्नुपर्ने बताए । तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, टेलरको काम कर्तव्य र भुमिका, टेलरमा हुनुपर्ने गुणहरु, भल्ट व्यवस्थापन, खुद्रा नगदको व्यवस्थापन, नगद डिनोमिनेसन कागजात प्रमाणिकरण जालीनोट पहिचान लगाएतका विषयहरु सिकेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिममा संस्थामा कार्यरत ५२ जना कर्मचारीहरुको सहभागिता रहको थियो ।