News

बजार प्रतिनिधिहरुकाे क्षमता अभिबृद्धि तालिम सम्पन्न ।

चैत्र ११। २०७८, संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिने दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भयाे। तालिमको अवसरमा बोलदै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पु¥याउने आवधारणको विकास भएर संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताए । बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने उनले औंल्याए ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका बजार प्रतिनिधि संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपुर्ण भुमिका रहने कुरा बताए । संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सीपको प्रयोगमा उनले जोड दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजिकरणमा सम्पन्न भएको हो । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्यमाझ पु¥याउनुको साथै सदस्यको नियमित हेरचाह र सहकारी शिक्षा, सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने औंल्याए ।

तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगायतका विषयमा महत्वपूर्ण जानकारी हासिल गरेको जनाए । तालिममा विभिन्न संस्थामा कार्यरत कार्यरत ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


Related news

सहकारी ऐन संशाेधनका लागि वागमती प्रदेश सभामुखलाई निवेदन बुझायो ।

नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न ।

ऋणकाे कानुनी प्रक्रिया तथा धिताे मुल्यांकन तालिम

कर तथा काेष व्यवस्थापन तालिम सम्पन्न

अान्तिरक लेखापिरक्षकाे तालिम

Notices

व्याजदर परिवर्तन सम्बन्धमा।

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ फाराम भर्ने सम्बन्धि सूचना

वित्तीय तथा अन्य विवरण


Members