News

कर तथा काेष व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थागत विकास उपसमितिकाे आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको कर तथा कोष व्यवस्थापन उच्च व्यवस्थापनका कर्मचारीको काम भएकोले सोबारे क्षमता बृद्धिमा तालिमले टेवा पु¥याउने विचार व्यक्त गरे । सहकारी संघ संस्था विचको कारोबारमा अग्रिम व्याजकर १५ प्रतिशत लागु हुुनु अव्यवहारिक र अन्यायपूर्ण रहेको भन्दैं सुधारको लागि सम्बन्धीत निकायमा अवाज उठाउदैं आएको बताए । सहकारी संस्थाहरुमध्ये ७० प्रतिशत सहकारी संस्था स्थानीय तह अन्र्तगत सञ्चालनमा रहेकोले स्थानीय चुनावमा सहकारीको विकासका एजेन्डाबारे सहकारीकर्मी सचेत हुन उनले आग्रह गरे ।

संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाले कर तथा कोष व्यवस्थापनका सहितको आर्थिक विवरणबारे अध्ययन तथा जानकारी राख्न सकून् भने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु¥याउने विचार व्यक्त गरे ।

उपसमितिका सदस्य विकुलाल सुवालले धन्यवाद मन्तव्य दिँदै सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राख्नुभयो । सि.ए.विजय सुकुपायोले कर व्यवस्थापनबारे र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाले कोष व्यवस्थापनबारे सहजिकरण गरेका थिए । तालिमको समापन समारोह सञ्चालन उपसमितिका सदस्य चन्डिका छुंकाले गरेका थिए ।

तालिममा सहभागीहरुले अग्रिम कर कट्टी, करका दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिएस, कोष बाँडफाँड, कोषको उपयोगिता लगायतका विषयहरुमा जानकारी पाएको जनाए । तालिममा विभिन्न संस्थामा कार्यरत ३२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।


Related news

सहकारी ऐन संशाेधनका लागि वागमती प्रदेश सभामुखलाई निवेदन बुझायो ।

नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न ।

बजार प्रतिनिधिहरुकाे क्षमता अभिबृद्धि तालिम सम्पन्न ।

ऋणकाे कानुनी प्रक्रिया तथा धिताे मुल्यांकन तालिम

अान्तिरक लेखापिरक्षकाे तालिम

Notices

व्याजदर परिवर्तन सम्बन्धमा।

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ फाराम भर्ने सम्बन्धि सूचना

वित्तीय तथा अन्य विवरण


Members