कोरोना कहरमा भक्तपुर जिल्ला बचत संघको तनाव व्यवस्थापन तालिम
भाद्र २३, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भर्चुअल तनाव व्यवस्थापन तालिम सम्पन्न भयो । तालिममा उद्घाट्न मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कोरोना कहरले विश्व आंतक बनाएको अवस्थामा नेपालमा सहकारी क्षेत्रलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ती प्रकाशित गरेको कुरा बताउनुभयो ।
संघका वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले महामारीको अवस्थामा तालिम आवश्यकताको विश्लेषणबाट प्राप्त पृष्ठ पोषणका आधारमा भाद्र ९ गते बार्षिक योजना तथा बजेट निर्माण तालिम, भाद्र १६ गते महामाहारीमा ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको कुरा बताउनु भयो । वहाँले सहभागीहरुलाई स्वागत गर्दै महामाहारीको अवस्थामा व्यवसाय निरन्तरतामा यस तालिमले महत्वपुर्ण भुमिका खेल्न कुरा राख्नुभयो ।
बाराही बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक शिवजी हाकुदुवालले प्रडक्टको परिभाषा, प्रडक्ट निर्माणका प्रक्रिया, बजारिकरणका बारेमा प्रस्तुतीकरण गर्दै तालिम दिनुभयो । साथै महामहारीको अवस्थामा सहकारी व्यवसायलाई निरन्तरता दिन महामाहारीलाई अवसरको रुपमा लिई नयाँ प्रडक्टहरु बनाउन सकिने कुराहरु बताउनुभयो । महामारीको अवस्थामा सहकारी संस्थाले गर्नुपर्ने कामहरु बताउनु भयो ।
तालिम संघको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको थियो भन्ने जुममा प्रत्यक्ष ६३ जनाको सहभागिता रह्यो । तालिममा उठेको जिज्ञासा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्रस्तोता बाराही साकोसका व्यवस्थापक शिवजी हाकुदुवाल र संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भयो ।