News

असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न

असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न ।
२०८० जेठ ६ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा शंखधर पार्टी प्यालेस, शंखधर चोक, भक्तपुरमा एक दिवसिय असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न भएकोछ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनु भयो । वहाँले सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएको सहकारीमा संकट चुलिएको बताए । वहाँले सहकारीलाई कडा अनुगनमा राख्न नेपाल राष्ट्र बैंक अन्र्तगत राखि कार्यान्वयन गरेमा सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने विचार राख्नु भयो ।
संघका संचालक एवं उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको विचार राख्नुभयो । वहाँले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी संचालन गर्न सकिने विचार राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको वित्तीय अवस्थाको जानकारी गराउदैं संघमा प्रशस्त तरलता रहेको कुरा बताउनु भयो । उपसमितिका सदस्य निर्जला ढुङ्गेल संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको बताउनुभयोे ।
तालिममा सहभागी लयप्रसाद भट्टराईले तालिम प्रभावकारी रहेको र सहभागिहरुमा उत्साह थपिएको कुरा बताउनुभयो । उपसमितिका सदस्य सुर्वण प्रभा गुरागाईले तालिम समापन समारोह संचालन गर्नुभयो । सो तालिममा ६० जना सहभागीहरुको सहभागिता रहेको थियो ।


Related news

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न

भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न ।

समिक्षा तथा बजेट सम्बन्धि कार्यक्रम

Notices

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ फाराम भर्ने सम्बन्धि सूचना

वित्तीय तथा अन्य विवरण

जग्गा खरिद सम्बन्धी सूचना


Members