News

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उपसमितिको आयोजनामा २०८० बैशाख २३ गते सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा सम्पन्न भयो । गोष्ठीको उद्घाटन मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु भएको देशमा अर्थतन्त्र सुव्यवस्थित रहेको बताउनु भयो । वहाँले आर्थिक कारोबार गर्ने सबै क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु पर्ने विचार राख्दै सम्पत्ती शुद्धिकरण निवारणको नाममा सहकारीमा व्यक्तिगत बचत सिमा तोक्न नहुने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका पुर्वनिर्देशक श्याम दाहालले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दे सहकारी संस्थाले सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि, कार्यन्वयन अधिकारी तोक्नुपर्ने, सदस्य पहिचान, त्त्च्÷क्त्च् प्रतिवेदन गोएमएल मार्फत दिनुपर्ने कानुनी व्यवस्थाको बारेमा प्रष्ट पार्नु भयो । वहाँले सम्पत्ति शुद्धिकरण निवारणको विषय पेचिलो बन्दै गएकोले राज्य ग्रे जोनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरी २२ वटा कानुन संशोधनको लागि संसदमा प्रस्ताव पेश भइरहेको बताउनुभयो ।
गोष्ठीका सभापति हरि बल्लले सदस्यहरुको बचत सुरक्षाको लागि पनि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठीको आयोजना गरेको बताउनुभयो । वहाँले ऐन कानुन अनभिज्ञताका आधारमा दण्ड जरिवानाबाट छुट्कारा नपाइने भएकोले सहकारीमा कानुनी व्यवस्थाहरुहरुको परिपालना कडाइका साथ लागू पर्ने विचार राख्नु भयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले गोष्ठीले सम्पत्ती शुद्धिकरण निवरणका व्यवस्थाहरु परिपालनाका समस्या समाधान गर्न गोष्ठिले टेवा पु¥याएको बताउनुभयो । संघका सहकारी समन्वय उपसमितिका सदस्य जीवन गिरीले गोष्ठी संचालन गर्नुभयो । गोष्ठीमा सदस्य संस्थाहरुबाट ४५ जनाको सहभागिता रह्यो ।


Related news

असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न

भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न ।

समिक्षा तथा बजेट सम्बन्धि कार्यक्रम

Notices

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ फाराम भर्ने सम्बन्धि सूचना

वित्तीय तथा अन्य विवरण

जग्गा खरिद सम्बन्धी सूचना


Members