Our Facility
संघको गतिविधि
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार तहगत संरचनाको आधारमा सदस्य संस्थाहरुको व्यवस्थापकीय सक्षमता बढाई संस्थागत विकासको लागि प्राविधिक तालिम कार्यक्रम संचालन गरी सहयोग पु¥याउनुको साथै आवश्यक वित्तीय ऋण सेवा पु¥याई आर्थिक क्षमता बढाउने मूलभूत कार्य व्यवस्थापन गर्दै आएको छ । बित्त कार्यको लागि जिल्ला बचत संघले विभिन्न उपसमितिमार्फत व्यवस्थापकीय कार्य सम्पादनमा सहयोग पु¥याएको छ ।
१) गोष्ठी, सेमिनार कार्यक्रम
जिल्ला बचत संघले स्थापनाकाल देखि समय सापेक्ष विभिन्न चेतनामूलक गोष्ठी तथा सेमिनारहरु संचालन गर्दै आएको छ । यो वर्ष ऐतिहासिक शहर भक्तपुरमा ५३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी ¥याली सफलतापुर्वक सम्पन्न गरियो । आगामी दिनहरुमा विभिन्न गतिविधि मार्फत भक्तपुरमा सहकारी अभियान अगाडी बढाउने उद्देश्य राखेको छ । अन्तर सदस्य भ्रपण, सहकारी मापदण्ड, सहकारी कर, सदस्यहरुको सेवा, सुविधा आदी विषयहरुमा अन्र्तक्रिया कार्यक्रम गर्दै आएको छ ।
२) तालिम
संघले बिशेष गरी आधारभूत सहकारी लेखा तालिम, संस्थागत विकास तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, सहकारमिा शुशासन तालिम, नेतृत्व विकास तालिम, उद्यमशीलता विकास तालिम र व्यवस्थापन विषयहरुमा तालिमलाई निरन्तर संचालन गरी आएको छ । त्यसका अलावा, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको कार्य व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।
३) बित्तीय ऋण सहयोग
बचत तथा ऋण सहकारी संस्थाले विशेष काम भनेको सदस्यहरुसंग बचत लिने र ऋण दिने कार्य गर्दछ । सोही क्षेत्रबाट प्राप्त आम्दानीको आधारमा संघले सामाजिक गतिविधि पनि संचालन गरी सदस्यहरुको सेवा पु¥याउने भएकाले संघले सक्दो ऋण सुविधा दिएको छ ।
(क) तरलता व्यवस्थापन र साना साना ऋण दिन संस्थाको शेयरपूँजी र जगेडा कोषको आधारमा बिना धितो बढीमा १० लाख सम्म
(ख) आफ्नो सदस्यहरुलाई ऋण प्रदान गर्न धितो सुरक्षणमा र कुल सम्पतिको आधारमा बढीमा रु.४० लाख सम्म ऋण सुविधा दिएको छ ।
४) तरलता व्यवस्थापन
संघले सदस्य संस्थाको बचत संकटलाई ध्यानमा राखी बित्त बजारमा भन्दा बढी नै व्याज प्रदान गर्ने किसिमले तरलता व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ ।
५) स्टेशनरी सहयोग
सदस्य संस्थालाई आवश्यक स्टेशनरी सामानहरु केन्द्रीय संघबाट उत्पादित स्टेशनरी सामानहरु १०% छुटमा विक्री वितरण गरी सहयोग पु¥याउँदै आएको छ ।
६) परामर्श सेवा
सदस्य संस्थाहरुलाई नीतिगत र प्राविधिक सेवा सम्बन्धमा परामर्श दिने कार्य निरन्तर भइरहेको छ ।
७) समन्वय सेवा
संघले नेफ्स्कून र राष्ट्रिय सहकारी संघका विभिन्न कार्यक्रमहरुको संचार त्यस संघमा आवद्ध सदस्य संस्थाहरुलाई गर्दै आईरहेको छ । साथै संघले प्रशिक्षक प्रोफाइल तयार गरी सदस्य संस्थाले कुनै तालिमको आयोजना गरेको समयमा संस्थाको मागअनुसार प्रशिक्षकको लागि समन्वय समेत गर्दै आइरहेको छ ।