भक्तपुर न.पा.मा सम्पति शुद्धीकरण निवारण सम्बन्धी अन्तरक्रिया

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरको आयोजनामा २०७५ भाद्र २३ गते युनिक पार्टी प्यालेसमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधि र सो सम्बन्धमा फारम भर्ने तरिकाको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले ऐन नियम भनेको स्थायी हुदैंन । यो समय अनुसार संशोधन परिमार्जन हुनुपर्दछ । न.पा ले बनाएको स्थानीय ऐन पनि समुदायमा आधारीत सहकारीलाई प्रवद्र्धन हुने खालकै आधारमा बनाईएको वहाँले बताउनुभयो । समाजलाई प्रत्यक्ष सेवा पुग्ने सेवामुलक क्षेत्रमा सहकारी र नगरपालिकाले संयुक्त लगानीमा योजनाहरु अगाडी बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले भक्तपुर न.पा.ले बनाएको सहकारी ऐनमा संघले संघीय सहकारी ऐन र सहकारी मुल्य मान्यतासँग बाझीएका बुँदाहरु संशोधनको लागि सुझाव पेश गरेकोमा आंशिक सुधार भएको कुरा बताउँदै सहकारीेले व्यवसाय न.पा मा दर्ता गर्दा हालको व्यवस्था अनुसार मात्र वार्षिक कर लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोंजुले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधि र फारम भर्ने तरिका बारे प्रस्तुतीकरण गर्नुृभयो ।
संघका अध्यक्ष कृष्णगोन्विद लाखाजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा भ.न.पा.ले जगेडा कोष बराबर १०% रकम भक्तपुर न.पा मा राख्नुपर्ने, स्थानीय सहकारी ऐन संशोधन हुनुपर्ने विचार व्यक्त गर्नुभयो । संघका सचिव जगनाथ प्रजापतिले कार्यक्रम संचालन गर्नुभएको सो कार्यक्रमा भ.न.पा क्षेत्र का ६९ वटा संस्थाबाट १२५ जनाको उपस्थिति रहेको थियो ।

Other Programes or events

लेखा सुपरिवेक्षण समितिको कार्य क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न ।

भक्तपुर न.पा.मा सम्पति शुद्धीकरण निवारण सम्बन्धी अन्तरक्रिया

Yearly Plan And Budget Making Training

भक्तपुर बचत संघको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Members

Chairman

- Board of Director
( Chairman )

नेफ्स्कुनको १९ औं स्थापना दिवस कार्यक्रममा हामा्रे संघलाई उत्कृष्ट वचत संघ – २०६८ पुरस्कारका लागि छनोट गरिएको छ। यस अधि २०६६ सालमा पनि राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको थियो । विभिन्न सभा सम्मेलनहरुमा पनि उपल्लो संघका सहकारी अगुवाहरुले यस संघको क्रियाशिलतालाई प्रशंसा गरेका छन । यसबाट संघका औपचारिक ६ वर्ष सफल भएको मात्र होइन , जिल्ला तहमा जिल्ला संघको माध्यबाट एकद्वार प्रणालीमा हाम्रो विषयगत सहकारी संगठनको संरचना अगाडि बढ्नु पर्ने स्पष्ट भएको छ।

बचत सहकारी संस्थाहरुको बढ्दो संख्या, एउटै व्यक्तिको कयौं संस्थामा सदस्यता सहकारी ऐन कानुन विपरित संस्थाहरुको संचालन, नियमक निकायको नैराश्यता, सहकारी भन्दा व्यवसायिक बृद्धि र नाफा, अस्वस्थ प्रतिस्पर्धा लगायतका कयौं नयाँ समस्याहरुले समेत गाँजेको यस अभियानलाई सही दिशा निर्देशन गर्नलाई सहकारी संस्थाहरुलाई संघीय संरचनामा अनुशासीत र नियमन गर्ने भन्दा अर्काे विकल्प हुन सक्दैन । सहकारी ऐन– २०४८ मा हाल विद्यमान विषयगत ३ तहको संरचनालाई हरेक संघ÷संस्थाले कडाईका साथ लागु गर्नु÷गराउनु नै बस्तुगत र उत्तम विकल्प हुनेछ ।

Manager Message

- Balkrishna Dhoju
( Manager )

२०४६ साल पछि सहकारीको विकास स्वतस्र्फूत रुपमा भएको पाइन्छ । सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार सहकारी संस्थाहरु स्वायत्त छ । जस्ले गर्दा सहकारी संस्थाहरु स्वतन्त्र रुपमा आफ्नो विकासको लागि फुल्ने र फक्रिने मौका मिल्यो । आज यसको लोकप्रियता र महत्व बढी रहेको सहकारीको बढ्दो संख्या र राज्यको तीन अम्बे अर्थ नीति मध्ये एक खम्बाको रुपमा ग्रहण गरेको कदमले नै पुष्टि गर्छ । तर सहकारीको नाम बेचेर पैसा कमाउने वित्तीय अपराधीहरुले सहकारीमा देखिएको कमजोरीलाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यमका रुपमा प्रयोग गरिरहेको तथ्य पनि सहकारीमा देखिएको विकृतिले पुष्टि गरेको अवस्था छ । यस अर्थमा सहकारीलाई नबुझिकन सहकारीमा लाग्नु भनेको वित्तीय अपराधीहरुलाई प्रश्रय दिनु हो । तसर्थ सहकारीको पवित्र भावनालाई बुझि सहकारीको सिद्धान्त र मूल्यमान्यताको व्यवहारिक प्रयोगमा ध्यान दिने र दिलाउने कार्यमा हामी सहकारीकर्मी लागु पर्दछ । अनि मात्र सहकारीको माध्यमबाट सम्रग राष्ट्रको विकास हुनेमा हामी विश्वास गर्न सक्छौं ।