लेखा सुपरिवेक्षण समितिको कार्य क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको लेखा सुपरिवेक्षण समितिको कार्यक्षमता अभिबृद्धि गोष्ठी २०७५ भाद्र १६ गते सुर्यविनायक रिसोर्ट, घलाँटे, सुर्यविनायकमा सम्पन्न भयो । गोष्ठीका प्रमुख अतिथि संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐन २०७४ मा व्यवस्था भएका कर र छुटको कार्यान्वयनको लागि संघले केन्द्रीय र महासंघ मार्फत पहल गर्दै रहेको कुरा जानकारी गराउँदै हाल सहकारीमा देखिएको अन्यौलको अवस्थालाई हटाउने संघले आफ्नो स्पष्ट धारणा बनाई सोही अनुसार अगाडी बढ्न सदस्य संस्थालाई मार्ग प्रष्ट गरेको कुरा बताउनुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिकासदस्य श्री प्रसाद त्यातजूल स्वागत मन्तव्य राख्दै लेखा समितिको भूमिकालाई मात्र बुझेर हुँदैन । त्यस कार्यान्वयन तहमा ल्याउन सक्नु महत्वपूर्ण कुरा हो । संस्थामा हुन सक्ने सम्भाव्य दुरुपयोगको क्षेत्रमा सर्जक बनाई समितिले गरेका कार्यहरुको प्रतिवेदन र निर्णय लेखन ढाँचालाई प्रभावकारी बनाउने उद्धेश्यले गोष्ठीको आयोजना गरिएको कुरा बताउनुभयो ।
गोष्ठीको सहजीकरण कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमार खत्री र संघका व्यवस्थापक बालकृष्ण धोंजुले गर्नुहँदै लेखा समिति सुपरिवेक्षक आन्तरिक नियन्त्रक आन्तरिक लेखापरीक्षक र मार्ग दर्शकको रुपमा भूमिका निभाउनुपर्ने कुरा बताउनुभयो । ती भूमिका निभाउँदा सम्भावित दुरुपयोग नियन्त्रण र प्रतिवेदन लेखनको तरिकाबारे सहजीकरण समेत गरियो ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उहाँले गोष्ठीबाट सिकेका कुराहरुको व्यवहारमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समितिका सदस्य शुशिला पराजुली बरालले संचालन गरेको उक्त गोष्ठीमा सदस्य संस्थाबाट ६६ जनाको लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको सहभागिता रह्यो ।

Other Programes or events

लेखा सुपरिवेक्षण समितिको कार्य क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न ।

भक्तपुर न.पा.मा सम्पति शुद्धीकरण निवारण सम्बन्धी अन्तरक्रिया

Yearly Plan And Budget Making Training

भक्तपुर बचत संघको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Members

Chairman

- Board of Director
( Chairman )

नेफ्स्कुनको १९ औं स्थापना दिवस कार्यक्रममा हामा्रे संघलाई उत्कृष्ट वचत संघ – २०६८ पुरस्कारका लागि छनोट गरिएको छ। यस अधि २०६६ सालमा पनि राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको थियो । विभिन्न सभा सम्मेलनहरुमा पनि उपल्लो संघका सहकारी अगुवाहरुले यस संघको क्रियाशिलतालाई प्रशंसा गरेका छन । यसबाट संघका औपचारिक ६ वर्ष सफल भएको मात्र होइन , जिल्ला तहमा जिल्ला संघको माध्यबाट एकद्वार प्रणालीमा हाम्रो विषयगत सहकारी संगठनको संरचना अगाडि बढ्नु पर्ने स्पष्ट भएको छ।

बचत सहकारी संस्थाहरुको बढ्दो संख्या, एउटै व्यक्तिको कयौं संस्थामा सदस्यता सहकारी ऐन कानुन विपरित संस्थाहरुको संचालन, नियमक निकायको नैराश्यता, सहकारी भन्दा व्यवसायिक बृद्धि र नाफा, अस्वस्थ प्रतिस्पर्धा लगायतका कयौं नयाँ समस्याहरुले समेत गाँजेको यस अभियानलाई सही दिशा निर्देशन गर्नलाई सहकारी संस्थाहरुलाई संघीय संरचनामा अनुशासीत र नियमन गर्ने भन्दा अर्काे विकल्प हुन सक्दैन । सहकारी ऐन– २०४८ मा हाल विद्यमान विषयगत ३ तहको संरचनालाई हरेक संघ÷संस्थाले कडाईका साथ लागु गर्नु÷गराउनु नै बस्तुगत र उत्तम विकल्प हुनेछ ।

Manager Message

- Balkrishna Dhoju
( Manager )

२०४६ साल पछि सहकारीको विकास स्वतस्र्फूत रुपमा भएको पाइन्छ । सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार सहकारी संस्थाहरु स्वायत्त छ । जस्ले गर्दा सहकारी संस्थाहरु स्वतन्त्र रुपमा आफ्नो विकासको लागि फुल्ने र फक्रिने मौका मिल्यो । आज यसको लोकप्रियता र महत्व बढी रहेको सहकारीको बढ्दो संख्या र राज्यको तीन अम्बे अर्थ नीति मध्ये एक खम्बाको रुपमा ग्रहण गरेको कदमले नै पुष्टि गर्छ । तर सहकारीको नाम बेचेर पैसा कमाउने वित्तीय अपराधीहरुले सहकारीमा देखिएको कमजोरीलाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यमका रुपमा प्रयोग गरिरहेको तथ्य पनि सहकारीमा देखिएको विकृतिले पुष्टि गरेको अवस्था छ । यस अर्थमा सहकारीलाई नबुझिकन सहकारीमा लाग्नु भनेको वित्तीय अपराधीहरुलाई प्रश्रय दिनु हो । तसर्थ सहकारीको पवित्र भावनालाई बुझि सहकारीको सिद्धान्त र मूल्यमान्यताको व्यवहारिक प्रयोगमा ध्यान दिने र दिलाउने कार्यमा हामी सहकारीकर्मी लागु पर्दछ । अनि मात्र सहकारीको माध्यमबाट सम्रग राष्ट्रको विकास हुनेमा हामी विश्वास गर्न सक्छौं ।