News

अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० चैत्र १६ गते, ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला
बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा संघका समिति, उपसमिति र कर्मचारी
बीच अन्तरक्रिया कार्यक्रममा संघको सभा हलमा सम्पन्न भयो । संघका अध्यक्ष
कृष्णगोविन्द लाखाजूले हाल सहकारीको बारेमा सडकदेखि सदनसम्म चर्चा भइरहेको
बताउदै सहकारीको यस तरल अवस्थामा सहकारी संस्थाहरु संयमित र सचेत हुनुपर्ने
बताउनुसभयो । उहाँले सहकारीकोे दिर्घकालिन समस्या समाधान गर्न दोस्रो तहको
नियमक निकाय गठनमा सरकार लागेको कुरा बताउनुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले अन्तरक्रिया कार्यक्रममा स्वागत गर्दै ६७ औं
राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमले नियमन
निकाय र अभियान मिलेर सहकारी समस्या समाधानका लागि सामुहिक प्रयासमा टेवा पुग्ने
बताउनुभयो ।
संघका सचिव जगनाथ प्रजापतिले संघको आयोजनामा जिल्ला स्थित संघहरुको
समन्वयमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस चैत्र २० गते प्रभातफेरी कार्यक्रम
मनाइदै आइरहेकोमा यस बर्ष नगर नगरमा संघको नगरस्तरीय सहकारी समन्वय
उपसमितिको आयोजना तथा समन्वय र सहकार्यमा प्रभातफेरी कार्यक्रम सहित ६७
औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको सहकारी संस्थाको सक्रिया सहभागिताको
लागि अनुरोध गनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम
“सहकारीमा सुसशासन र प्रविधि र एकिकरण” बारेमा प्रकाश पार्दै नारा अनुसार संघले
प्रविधिलाई आत्मसात गर्दै सदस्य संस्थाहरु बिच कर्जा सुचना, भुक्तानी रसिद क्लिरिङ
लगाएतका लागि प्रविधि विकासका काम भइरहेको बताए ।
संघ विकास गर्दै आएको CAT Credit Analysis Tools) का बारेमा समेत
अन्र्तक्रिया कार्यक्रम छलफल भएको थियो । सो कार्यक्रममा संघका समिति,
उपसमिति र कर्मचारी गरी ३८ जना उपस्थिती रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

महिला नेतृत्व विकास तालिम सम्पन्न

सहकारीमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्मचारीको क्षमता अभिबृद्दि तालिम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आ.ब. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

संघका पूर्व संचालक बीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी विभागले मिति २०८२/०३/३२ गते जारी गरेको ‟सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Notices

प्रतिनिधि पठाउनेको म्याद थप सम्बन्धी सूचना

कार्यालय समय परिवर्तन सम्बन्धमा

निर्वाचन कार्यक्रम तालिका प्रकाशन सम्बन्धी सूचना


Members