News

वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम २०८१ श्रावण १७ गते बिहीबार के.भी लञ्च, कमलविनायकमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाम्रो यस संघले अनुगमनलाई प्राथमिकता दिने र समय अनुकुल सामाजिक उत्तरदायित्वमा ध्यान दिएर सदस्य संस्थालाई आर्थिक पक्षमा सुदृढ बनाउने विचार व्यक्त गर्नूभयो । उहाँले सहकारी संस्थाहरु बलियो भए भने सहकारी संघ समेत बलियो हुने भएकोले सहकारी संस्थाहरुको चौतर्फी विकासमा हाम्रो यो संघ निरन्तर प्रयासरत रहेको बताउनुभयो । त्यस संघले आ.ब.२०८०/०८१ मा तय गरेको कार्यक्रम तथा बजेटको समीक्षा गर्दै उहाँले हाम्रो यो संघले आ.व.२०८०/०८१ तय गरेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सो संघका उपाध्यक्ष हरि बल्लले समीक्षाको महत्वबारे प्रकाश पार्दै नीतिमा चल्दै आएका सहकारी संघ र संस्थाहरुमा समस्या नरहेको बताउनुभयो । उहाँले हालको अवस्था समुदायमा आधारित सहकारी संस्थाको लागि अवसर रुपमा रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा त्यसै संघका सचिव जगनाथ प्रजापतीले उक्त संघको आ.व. २०८०/०८१ को कार्यक्रम तथा तालिम प्रगतिको बारेमा प्रस्तुति गर्नुभयो । उहाँले कार्यक्रम समीक्षा अन्तर्गत सहकारी अभियानका कार्यक्रम, सदस्य, सञ्चालक र कर्मचारीहरुको क्षमता विकासका तालिमहरु र सहकारी संघले प्रदान गर्ने सेवाहरुको बारे प्रगति प्रतिवेदन पेश गर्दै यस संघका ११ वटा सदस्य संस्थाहरुमा अनुगमन विभिन्न उप-समितिहरुद्वारा भएको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को पाँचौं स्थापना दिवसबाट उत्कृष्ट जिल्ला बचत संघको पुरस्कारका लागि हाम्रो यो संघको नाम घोषणा भएको बताउनुभयो ।
कार्यक्रममा उक्त संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सो संघको आ.ब.२०८०/०८१ को आर्थिक समीक्षा गर्दै कूल पूँजी तथा दायित्वमा गत वर्षको तुलनामा ५८ प्रतिशतले बृद्धि भई रु.३ अर्ब ५२ करोड पु-याउन सफल भएको र जुन अनुमानमा १४४ प्रतिशतले प्रगति हासिल भएको बताउनुभयो । उहाँले आम्दानी र खर्चमा ११० प्रतिशत लक्ष्य हासिल भई लेखा परीक्षण पूर्व रु.५ करोड ६६ लाख आय भएको सो संघको प्रतिवेदन पेश गर्नुभयो ।
कार्यक्रममा सो संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले बैंक वित्तीय संस्थामा वित्तीय लगानी गरेर संघ दिगो नहुने भन्दै सदस्यता बृद्धि र ऋण लगानी बढाउनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संघको अग्रिम व्याजकर दाखिला रु.७ करोड ६८ लाख भन्दा बढी रहेकोले यो रकम फिर्ता वा घटाउन संघले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सोही संघका व्यस्थापक बालकृष्ण धोजुले त्यस संघको आ.व.२०८१/०८२ को कार्यक्रम, योजना तथा बजेट प्रस्तुत गर्नुभयो । उहाँले संघको सदस्य सक्षमता विकास, सञ्चालक र कर्मचारीको क्षमता विकास, संस्थागत विकास र अनुगमनका लागि योजना तथा बजेट पेश गर्दै ऋण लगानीलाई प्रोत्साहन गरी अग्रिम व्याजकर दाखिला घटाउने योजना समेत राख्नुभयो ।

सो वार्षिक समीक्षा तथा आ.व.२०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रममा सोही संघका सञ्चालक समिति, लेखा सुपरीक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरु गरी ४४ जनाको सहभागिता रहेको थियो ।


Related News

२० औं बार्षिक साधारण सभा सम्पन्न

NFRS तालिम सम्पन्न

कर योजना तालिम सम्पन्न

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

Notices

प्रेसविज्ञप्ति

वित्तीय तथा अन्य विवरण

व्याजदर परिबर्तन सम्बन्धमा


Members