News

NFRS तालिम सम्पन्न

सहकारी ऐन लागु गर्न अध्यादेश जारी
२०८१ पुष २० गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा केभी लन्च, कमलविनायक भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । संघका उपाध्यक्ष हरी कृष्ण बल्लले सहकारी ऐन २०७४ का कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष, एक व्यक्ति एक सहकारी लगायतका व्यवस्थाहरु कार्यान्वयन गर्न अध्यादेश जारी भएको अवस्थामा अव्यवहारिक र अबैज्ञानिक व्यवस्था कार्यान्वयनमा शंका व्यक्त गरे । तथापी सहकारी ऐनमा भएको व्यवस्थाहरु पालना गर्न तयारी अवस्थामा रहनुपर्ने वहाँको भनाइ थियो ।
संघको सचिव एवंम उपसमितिका संयोजक जगनाथ प्रजापतिले NFRS मा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिमका आयोजना गरेको बताउनुभयो । उहाँले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई NFRS ढाँचामा परिवर्तन गर्न सकोस् भनी तीन दिनको प्रयोगात्मक तालिम संचालन गरेको बताउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले तालिमले नेपाल लेखामानको अवधारण, लेखामानले वित्तीय विवरणमा पार्ने असर लगाएतको विषयमा सिकाई हुनुको साथै विवरण तयारीका अभ्यास निरन्तर गर्दै सिकाईमा निखारता ल्याउनुपर्ने बताउनु भयो । वहाँले हालै जारी अध्यादेशको बारेमा संचालक र कर्मचारीहरुले छलफल गरी स्पष्ट हुन आग्रह गर्नुभयो ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ र एच पहाडी एण्ड एसोसिएट्सका सि.ए.हुकुम पहाडीले NFRS ढाँचाको सहजिकरण गर्दै NFRS को ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र NFRS अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्र्तगत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ती, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगाएतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिनुभयो ।
तालिमको समापन समारोह संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट NFRS ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रयोगात्मक ज्ञान हासिल भएको बताउनुभयो । तालिममा संघ र संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक, लेखाअधिकृत गरी २० जनाको सहभागिता रह्यो ।


Related News

२० औं बार्षिक साधारण सभा सम्पन्न

कर योजना तालिम सम्पन्न

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

Notices

वित्तीय तथा अन्य विवरण

व्याजदर परिबर्तन सम्बन्धमा


Members