News

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

२०८१ माघ ८ र ९ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम होटेल सिटी गाँउको सभाहल, भाटढिकुरमा सम्पन्नभयो । संघका उपाध्यक्ष हरि कृष्ण बल्लले सहकारी मुल्यमान्यता विपरित जारी सहकारी अध्यादेशको विरोधमा संघ रहेको बताउनुभयो । उहाँले अध्यादेश सदस्य केन्द्रीत समुदायका सहकारी संस्थाको अहितमा रहेको बताउनुभयो । सहकारी पिडीतहरुको माग बचत फिर्ता हो अध्यादेश नभएको स्पष्ट पार्दै उहाँले सहकारीमा ठगी गरेका व्यक्तिहरुलाई बचाउन या संरक्षण दिने गरीे अध्यादेश जारी भएकोमा विरोध गर्नुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा दायित्वको जोखिम सहकारीको छविसँग समेत जोडिने भएकोले सहकारीले भुक्तानी गर्नुपर्ने छोटो र लामो अवधिका दायित्वको उचित व्यवस्थापनका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।वहाँले हालजारी भएको अध्यादेशको विरोध गर्न सक्छौ तर कानुन पालना गर्दैनौं भन्न नमिल्ने भएकोले अध्यादेश अनुसार संस्थाको सम्पत्ती तथा दायित्व व्यवस्थापनका लागि अभ्यासको थालनी गर्नुपर्ने बताउनुभयो ।
संघका उपसमिति सदस्य चन्दिका छुकांले संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापन तालिमबाट सिकेका ज्ञान सिपकार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राख्नुभयो । सघका उपसमिति सदस्य विकुलाल सुवालले सहभागिहरुलाई धन्यवाद मन्तव्य दिनुभयो ।
प्रशिक्षक श्याम राजा तिमल्सिनाले संस्थाको स्रोत र स्रोतको परिचालनमा ध्यान दिनुपर्ने कुराहरु, वित्तीय विश्लेषण, सम्पत्ति दायित्वको संचित फरक गणना, सम्पत्ति दायित्वको व्यवस्थापनका नीतिगत व्यवस्था लगायतका विषयमा सहजिकरण गर्नुभयो । तालिमबाट सिकेका कुराहरुको निरन्तर अभ्यास गर्नुपर्ने वहाँको भनाइ थियो ।
तालिममा सहभागीहरुले सैद्धान्तीक, नीतिगत तथा प्रयोगात्मक सहितको सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा बरिष्ठ कर्मचारीहरु २४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।


Related News

२० औं बार्षिक साधारण सभा सम्पन्न

NFRS तालिम सम्पन्न

कर योजना तालिम सम्पन्न

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

महिला नेतृत्व विकास तालिम सम्पन्न

सहकारीमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्मचारीको क्षमता अभिबृद्दि तालिम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Notices

नयाँ लिंकबाट इन्टरनेट बैंकिंग चलाउने सम्बन्धमा

प्रेसविज्ञप्ति

वित्तीय तथा अन्य विवरण


Members