News

ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम मिति २०८१ माघ २८ गते होटेल सिटि गाउँं भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीका अन्तराष्ट्रिय सात सिद्धान्तको प्रकाश पार्दै अध्यादेश अन्तराष्ट्रिय सहकारी सिद्धान्त प्रतिकुल हुने गरी जारी व्यवस्थाको विरोध गर्नुभयो । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रीत समुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनु पर्नेमा उल्टै संसद नै छलेर सहकारी ठगलार्ई पुष्ठपोषण गरेको वहाँको भनाई थियो । वहाँले सहकारी समुदायको भएकोले समुदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सिमा कायम गर्नु पर्ने बताउनुभयो ।

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु रहको बताउनुभयो । ऋण लगानी गरेका रकम समयमै सावाँ व्याज फिर्ता भएन भन्ने संस्था संचालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने हुदाँ संस्थाले ऋण लगानीमा विशेष ध्यान पु¥याउनुपर्ने वहाँको भनाइ थियो । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने कुरा बताउनुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचत संगै ऋण लगानी सुरक्षित हुनुपर्ने बताउनु भयो । वहाँले सहकारी सदस्यको विश्वास अडेकाले सदस्यको विश्वास जित्ने ढंगबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने कुरा बताउनु भयो । जारी अध्यादेश र निर्देशन तथा मापदण्ड मस्यौदामा व्यवहारिक रुपमा संशोधन गर्नुपर्ने कुराहरु रहेको र उक्त कुराहरुको संशोधन गर्न गराउन बहस पैरवी तथा विरोध गर्न सकिन्छ तर कानुनको पालना गर्दिन भन्न नमिल्ने बताउनुभयो । अध्यादेशले सहकारीको ऋण सुरक्षित गर्न कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोषमा आबद्ध हुन सकिने कानुनी व्यवस्था हुनु सकारात्मक रहेको उहाँको भनाई थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । तालिममा संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागी रहेको थियो भन्ने तालिम समापन कार्यक्रमको संचालन संघका अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले गर्नुभएको थियो ।


Related News

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

महिला नेतृत्व विकास तालिम सम्पन्न

सहकारीमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्मचारीको क्षमता अभिबृद्दि तालिम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आ.ब. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

संघका पूर्व संचालक बीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी विभागले मिति २०८२/०३/३२ गते जारी गरेको ‟सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Notices

प्रतिनिधि पठाउनेको म्याद थप सम्बन्धी सूचना

कार्यालय समय परिवर्तन सम्बन्धमा

निर्वाचन कार्यक्रम तालिका प्रकाशन सम्बन्धी सूचना


Members