News

आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न

२०८० फाल्गुण २८ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को
संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को
तालिम हल, भक्तपुरमा दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न भयो ।
संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले
देखापरेको बताए । वहाँले सहकारीमा लेखा सुपरिवेक्षण समितिले आफ्नो
भुमिकाबाट बिमुख हुँदा समयमै सहकारीको आन्तरिक समस्या समाधान हुन नसक्दा
सहकारीमा समस्या बल्झेको बताए । वहाँले यस विषम परिस्थितीमा सहकारीका लेखा
सुपरिवेक्षण समितिलाई सबल र सक्षम बनाउन संघले आन्तरिक लेखापरिक्षण तालिमको
आयोजना गरेको बताए । सहकारी संस्थाहरुले सहकारी ऐन कानुन, विधि र सुसशासनमा
संचालन गरेमा समस्या नआउने ठहर गर्दै वहाँले लेखासुपरिवेक्षण समितिले आफ्नो
महत्वपुर्ण भुमिका निर्वाह गरी समयमै संचालक, व्यवस्थापन र सदस्यलाई सचेत
गराउनुपर्ने बताउनुभयो ।
व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या सहकारीका संचालक,
लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यलाई सहकारी शिक्षाको अभावबाट सिर्जित
भएको बताए । वहाँले सहकारीका समिति, उपसमिति, व्यवस्थापन र सदस्यलाई निरन्तर
सहकारी शिक्षा तथा तालिम प्रदान गरी आ—आफ्नो भुमिका निभाउन प्रोत्साहन
गनुपर्ने बताए । साथै वहाँले सिकेका कुरा सहकर्मीलाई पनि सिकाई समुहगत र
संस्थागत रुपमा व्यवहारमा प्रयोग गर्र्नुपर्ने बताउनुभयो ।
बागमती प्रोस्कुनका कार्यक्रम अधिकृत नवराज धोरासाइनेले सहजिकरण गर्दै
सहकारीमा लेखासुपरिवेक्षण समितिको भुमिका धेरै हुने भएकोले निरन्तर तालिम लिई
अद्यावधिक हुनुपर्ने विचार राख्नुभयो । वहाँले आन्तरिक लेखापरिक्षणका परिचय,
अवधारण, ज्ञान सिप, क्षेत्र, चरण, प्रतिवेदन, कानुनी व्यवस्था आदि लगायतका विषयमा
सहजीकरण गर्नुभयो ।
तालिमको समापन समारोह संघका कर्मचारी रोकेश जोशीले संचालन गर्नुभयो ।
तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै
तालिमबाट लेखासुपरिवेक्षण समितिका भुमिका बोध भएको र यस्ता तालिमहरु निरन्तर
संघले आयोजना गर्न शुभकामना व्यक्त गर्नुभयो । तालिममा संघ आबद्ध सदस्य
संस्थाहरु मध्येबाट २८ जना लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको
सहभागिता रहेको थियो ।


Related News

तरलता व्यवस्थापन तालिम सम्पन्न

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Notices

कर्मचारी अावश्यकता सम्बन्धी सूचना

वित्तीय तथा अन्य विवरण

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा


Members