News

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

चैत्र २०, ६८ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लामा चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइएको छ । संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भयो ।
भक्तपुर नगरपालिकामा संघको नगर सहकारी समन्वय उपसमितिको आयोजनामा जिल्ला स्थित संघहरुको समन्वयमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले सहकारी मर्यादित भई समुदायकोे सुख दुखको सारथी बन्न सके समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताए । सहकारी आफै्मा मर्यादित हुनुपर्नेमा सहकारीको मर्यादा विपरित संचालकको मनोमानीले विकृती बढेको वहाँले बताए । सहकारी समुदायको हुनुपर्छ र समुदायका आर्थिक, सामाजिक र साँस्कृतीक विकासका लागि हुनुपर्ने जिकिर गर्दै भक्तपुर नगरपालिकामा सूचिकृत तथा दर्ता नभएका कुनै पनि सहकारीमा बचत नराख्नको लागि अनुरोध गर्दै आएको उहाँले बताए । उहाँले नगर बासीको बचत सुरक्षा गर्ने नगरपालिको दायित्व भएकोले सहकारीमा समस्याआउननदिन सुधारात्मकअनुगमनलाई जोड दिएको बताउनुभयो । देशमायुवावर्ग बिदेशीने क्रम बढ्दै गएको प्रतिचिन्ताव्यक्तगर्दै सहकारीको माध्यमबाट युवाशक्तिलाई स्वदेशमै उत्पादन तथा उद्यम क्षेत्रमा लाग्ने प्रेरित गर्नुपर्ने उहाँको भनाई थियो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले यस बर्ष ६८औं राष्ट्रिय सहकारी दिवस“मर्यादित सहकारी ः समुन्नत समाज“भन्ने नाराका साथ मनाइएको बताउनुभयो । सरकारले सहकार्री अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन जारी गर्दै मर्यादित बनाउन खाजेको भएता पनि तत्कालीन सहकारी समस्यामा परेका सदस्यहरुको बचत सुरक्षा भन्दा पनि सहकारी ठगहरुलाई पृष्ठ पोषण गरेको बताए । वहाँले सहकारी सिद्धान्त विपतिका ऐन कानुनको संघले निरन्तर विरोध गरेकै कारण सरकारले प्रतिस्थापन विध्येकमार्फत संशोधन भएको बताउनुभयो ।
संघका सचिव एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नियमक निकायले सहकारीको प्रभावकारी अनुगमन गरी निरन्तर शिक्षा तालिम दिनुपर्ने बताउनुभयो । उहाँले संघमा आबद्ध सदस्य संस्थाहरु मध्ये यस बर्ष जिल्ला स्तरीय युवा बचत तथा ऋण सहकारी संघ लि., भक्तपुर नगरपालिकामा लोकेश्वर बचत तथा ऋण सहकारी संस्थालि., मध्यपुर थिमि नगरपालिकामा बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा सुर्वणपुर बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा देवीमहिला बचत तथा ऋण सहकारी संस्था लि.लाई सहकारी व्यवसाय पुरस्कार संघको स्थापना दिवसमा पुरस्कृत गर्ने घोषणा गर्नु भयो । प्रभातफेरी कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा ६७ वटा संस्थाहरुबाट २००० जनाभन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।


Related News

२० औं बार्षिक साधारण सभा सम्पन्न

NFRS तालिम सम्पन्न

कर योजना तालिम सम्पन्न

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

Notices

वित्तीय तथा अन्य विवरण

व्याजदर परिबर्तन सम्बन्धमा


Members