News

पुँजी पर्याप्तता अनुपात (CAR-Capital Adequacy Ratio)गणना तालिम सम्पन्न

मिति २०८२ माघ ६ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अन्तर लगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा पुँजी पर्याप्तता अनुपात९ऋब्च्० गणना तालिम केभि लन्च कमलविनायकमा सम्पन्न भयो ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले संघको कार्य सदस्य संस्था लाई शिक्षा तथा तालिम उपलब्ध गराउने, बहस पैरवी र अन्तर लगानी रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी मापदण्ड बैक वित्तिय संस्थाको प्रभावमा परेको बताउनु भयो । सहकारीको मर्म भन्दा पनि नितान्त बैंक वित्तीय संस्था सरहको प्रतिवेदन तथा विवरण पेश गर्नुपर्ने व्यवस्थाले मापदण्ड परिपालनामा चुनौती थपेको बताउनुभयो । जारी मापदण्डको परिपालना गर्न प्राविधिक पक्षहरुको ज्ञान हुन आवश्यक रहेको बताउदै तालिमले सहकारी संस्थाहरुकोे जोखिम मुल्याँकन र न्युनिकरणमा टेवापुग्ने उहाँको भनाई थियो । उहाँले सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध समेत गर्नुभयो ।
संघका कोषाध्यक्ष एवम अन्तर लगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले तालिमले संघको महत्वलाई थप पुष्टि गरेको बताए । उहाँले संघहरु भएर नै नियमनकारी निकायले जारी गर्ने विभिन्न निर्देशन तथा मापदण्डका प्राविधिक पक्षबारे प्रारम्भिक संस्थाहरुलाई समयमै जानकारी एवं प्रशिक्षण दिन सकेको जिकिर गर्नुभयो । तसर्थ संघहरुको सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्ने राज्यको पनि दायित्व हो भन्नुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी मापदण्डका प्राविधिक पक्ष पुँजीपर्याप्तता अनुपात गणना गर्न सकोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए । उहाँले बचत तथा ऋण सहकारी संस्थाले मात्र अवधिका आधारमा २७ वटा विवरण तथा प्रतिवेदनहरु सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था भएपनि सम्बन्धित निकायले सो प्रतिवेदनका विषयमा कुनै चासो नराखेकोले प्रभावकारी हुननसकेको बताउनुभयो । उहाँले एकद्धार नीतिबाट मापदण्ड जारी तथा प्रतिवेदन एवं विवरण बुझ्ने व्यवस्था गर्न सके मात्र सहज र प्रभावकारी हुने भनाई राख्नुभयो ।
तलिमका प्रशिक्षक नवराज घोरासाइनेले सहजीकरण गर्दै वित्तिय विवरणहरुको विश्लेषण गर्ने तरिकाहरु सिकाउनुभयो । उहाँले पुँजी पर्याप्तता नभएमा लाभांश वितरण गर्न नपाउने भन्दै यसलाई वेवास्ता गर्न नहुने बताउनुभयो । यदि पुँजी पर्याप्तता अनुपात कायम नभएमा कि सदस्यसँग पुँजी उठाउने अथवा विभिन्न कोषमा रहेको रकम आर्थिक वर्ष सकेपछि जगेडा कोषमा सार्नुपर्ने कुरा बताउनुभयो ।
तलिममा अन्तर लगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिको सदस्य योगेन्द्र खर्बुजाले धन्यवाद मन्तव्य राख्दै तालिमको सार्थकता व्यवहारमा लागु भए पछि मात्र हुने बताउनुभयो । संघका अन्तर लगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिको सदस्य अनिलकुमार सुवालले तालिम समापन कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त तालिममा सदस्य संस्थाहरु मध्येबाट ४० जना व्यवस्थापक एवं बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...


Members