News

अर्धवार्षिक समीक्षा सम्पन्न

मिति २०८२ माघ १७ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्धवार्षिक समीक्षा रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । संघका अध्यक्ष हरिकृष्ण बल्लले संघको अर्धवार्षिक समीक्षाले संघको कार्य प्रगतिको अवस्थाबारे बोध हुने र कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । सहकारीमा बहु नियामकबाट जारी बहु निर्देशनले सहकारी संस्थाहरु अन्यौलमा रहेको बताउनुभयो । नियामकले नियमन तथा निरिक्षण गर्नु स्वभाविक हो तर नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति संघको आपत्ति रहेको बताउनुभयो । सहकारी संस्थाको संचालन गतिविधिलाई ध्यान नै नदिई संघमा रहेको तरलता गणना नहुने, खोलिएका शाखाहरु बन्द गर्नुपर्ने जस्ता जारी निर्देशनले सहकारी संस्थाको संचालन प्रक्रियालाई नै विथोल्ने तथा कमजोर बनाउने उहाँको भनाई थियो । सहकारीलाई एकद्धार प्रणालीबाट मात्र नियमन गर्नु पर्नेमा जोड दिदैं राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखिकरण गर्ने समय अवधि २०८२ फागुन ११ गतेसम्म थप गरेकाले दर्ता हुन बाँकी संघमा आबद्ध सदस्य संस्थाहरुलाई समयमै दर्ता हुन अनुरोध गर्नुभयो ।
संघका उपाध्यक्ष जगनाथ प्रजापतिले स्वागत मन्तव्य राख्दै संघले आ.व. २०८२।०८३ को बार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्धबार्षिक समीक्षा कार्यक्रम राखिएको बताउनुभयो ।संघका सचिव कान्छाभक्त घजुले अर्धवार्षिक समीक्षामा संघले पुषमसान्तसम्मको कार्यक्रम प्रगति प्रस्तुत गर्नुभयो । उहाँले संघका सदस्य संस्थालाई निरन्तर शिक्षा तथा तालिम अन्तर्गत संस्थाको संस्थागत, संचालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिमलाई जोड दिएको बताउनुभयो । हालसम्म संघमा २०३ सदस्य मध्ये १९५ वटा संस्थाको साधारणसभा भएको र ८ वटा संस्थाको साधारणसभा गर्न बाँकी रहेको बताउनुभयो । संघले गरेको समन्वय तथा पहलकदमी भूमिका बारेमा जानकारी दिनुभयो । संघले हालसम्म गरेको १२ वटा संस्थाको अनुगमन गरेकोे उहाँले जानकारी गराउनुभयो ।
संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अर्धवार्षिक समीक्षामा संघको वासलात तीन अर्ब दश करोड पुगेको जानकारी दिनुभयो । राष्टि?य सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार संघले कारोबारलाई खुम्चाउनुपर्ने बाध्यात्मक परिस्थिति अनुसार संघले कारोबार घटाउने लक्ष्य राखिएको बताउनु भयो । सोहि अनुसार २०८२ पुष मसान्त सम्ममा ३.४१ प्रतिशतले घटाउन सफल भएको बताउनुभयो । उहाँले हाल ऋण लगानीको वातावरण नहुँदा संघ संस्थामा अत्याधिक तरलता बढेकोले तरलताको व्यवस्थापनमा सकस परेको बताउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गर्दै बचत तथा ऋण कारोबार गर्ने सहकारी संघहरुलाई राष्टि?य सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्न पाउनुपर्ने बताउनुभयो । बचत तथा ऋण सहकारी संघहरुको कारोबारको व्यवस्थापन मापदण्ड ल्याई नियमन गर्नुपर्नेमा निर्मुल गर्ने खालका केही निर्देशनले संघको अस्तित्व माथि नै प्रश्न उठाएको उहाँको भनाइ थियो । उहाँले सहकारी ऐन नियम र निर्देशन अनुसार संघको कारोबारलाई व्यवस्थित गर्दै लगेको तर निर्धक्क कारोबार गर्न पाउने वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले संघको अर्धबार्षिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । संघको अर्धवार्षिक समीक्षामा समिति र उपसमितिहरुबाट ३४ जना र कर्मचारीहरु ९ जनाको सहभागी रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...


Members