मिति २०८२ माघ ३ गते, भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिद्धारा आयोजित नेतृत्वपूर्वको सक्षमता परीक्षण तालिम रोयल थाई हस्पिटालिटी प्रा.लि., राधेराधे, भक्तपुरमा सम्पन्न भयो ।
तालिमको समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन नियम र निर्देशनका कारण सहकारीमा नेतृत्वको संकट हुने अवस्थामा पनि समुदायमा आधारित सहकारी संस्थाका संचालकहरु नेतृत्वपूर्वको सक्षमता परिक्षण तालिममा उत्साहपूर्वको सहभागिताले जनाएको बताउनुभयो । सहकारीमा योग्य र उपयुक्त नेतृत्वको चयनले सहकारी संस्थामा विकृति आउननदिने उहाँको भनाइथियो । उहाँले व्यक्तिगत स्वार्थले खोलेका संस्थाहरुमा विकृति विसंगति, समस्या आएको कुरा बताउनुभयो । समुदायमा आधारित सहकारी संस्थाप्रति सदस्यहरुको विश्वास भएर नै त्यस्ता संस्थामा तरलता बढी रहेको उहाँको भनाइथियो । उहाँले संस्थामा आवद्ध सदस्यसंस्थाहरुको संबद्र्धन र प्रवद्र्धन गर्दै संस्थाको दिगो विकास गर्नु नै संघको ध्येय रहेको बताउनुभयो ।
संघका संचालक एवम् तालिम व्यवस्थापनउ पसमितिका संयोजक राजकुमार लघुले तालिमले व्यक्तिलाई थप परिपक्व बनाउने र यसले सदस्यहरुको सेवागर्ने कार्यमा टेवामिल्ने बताउनुभयो ।साथै तालिममा सिकेका विषयहरुको बारेमा संस्थामा छलफल गरी व्यवहारमा उतार्न पनि अनुरोध गर्नुभयो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले प्रशिक्षण गर्नुहुदैं सहकारीमा असल अभ्यासलाई लागु गर्दै जानुपर्ने अवश्यकता औल्याउनु भयो । सरकारले ऐनकानुनमा ल्याउँछ अनि प्रयोगमा ल्याउँछु भनेर बस्ने प्रवृत्तिले विकृतिलाई प्रष्यदिने भएकोले राम्रो कुराको अनुशरण जति सक्दो चाँडो गर्नुपर्ने वहाँको भनाइथियो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी संस्थामा नेतृत्वपूर्व नै सक्षमता परीक्षण(ँष्त ७ एचयउभच त्भकत)संस्थाको निर्वाचन निर्देशिकामा उल्लेख गरि निर्वाचनको बेलामा योग्य र उपयुक्ता परिक्षणको विधि स्थापित गर्नुपर्ने विचार राख्नु भयो ।सहकारीका सबै सदस्यले नेतृत्व चयन हुने वातावरण सिर्जना गर्न यस्ता तालिमले नेतृत्वक्षमताबृद्धि विकास गर्नमाटेवा पु¥याउने उहाँको भनाई थियो ।साथै उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा समयमै दर्ता अभिलेखिकरण गर्न अनुरोध गर्दै दर्ता अभिलेखिकरणमा समस्या भएमा संघमा सम्पर्क गरेमा सहजीकरण समेत गरिदिने बताउनुभयो ।
कार्यक्रममा सहभागीको तर्फबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का नारायणी खोंजू र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का शेखर भट्टराईले सहभागिता मन्तव्य राख्नुभयो ।तालिम व्यवस्थापन उपसमितिका सदस्य भिमसेन श्रेष्ठको स्वागत रहेको सो तालिममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनी, संघमा आवद्ध सदस्य संस्थाहरु, संघका पदाधिकारी एवम् कर्मचारीहरु समेत गरी ६३ जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रम संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको थियो ।