News

काेपाेमिस तालिम सम्पन्न

अध्यादेशले सहकारी संघ संस्थालाई कमजोर बनाउने
२४, जेठ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस (COPOMIS) तालिम’ सम्पन्न भएको छ। भक्तपुरको क्लब बागमतीमा जेठ २४ गते आयोजित उक्त तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे विस्तृत छलफल भएको छ। तालिममा कोपोमिस प्रणालीमा सूचना र तथ्याङ्क अद्यावधिक (डाटा अपडेट) नगरे सहकारीहरूले कर चुक्ता प्रमाणपत्र र दृष्टि बन्धक रोक्का सुविधा समेत नपाउने विषयलाई मुख्य रूपमा उठाइएको छ।
संघका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिममा सिकेका प्राविधिक ज्ञानलाई आ–आफ्नो कार्यालयको दैनिक कार्य सम्पादनमा अनिवार्य उपयोग गर्न निर्देशन दिनुभयो। हालै आएको अध्यादेशका कारण कर्मचारीहरूलाई काम गर्न गाह्रो भइरहेको अवस्थामा समसामयिक विषयको ज्ञान झन् आवश्यकहुने उहाँको भनाइ थियो। अध्यादेशले सहकारी संघहरुलाई कमजोर बनाउनु सहकारी संस्था र समग्र सहकारी अभियानलाई नै कमजोर बनाउने उहाँले बताउनुभयोे।
संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अहिलेको जटिल परिस्थितिमा सहकारी संस्थाहरू कानुन र प्रविधि दुवै कुरामा सचेत हुनुपर्ने बताउनुभयो । संघले सधैं सहकारीहरूलाई विभिन्न नीति–नियमहरूको बारेमा जानकारी दिँदै आएको र यस तालिमले कोपोमिस बारे बुझ्नथप मद्दत पु¥याएको विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको र संघले पनि कोपोमिस लगायतका विभिन्न प्राविधिक तालिम कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। हालै जारी गरिएको नयाँ अध्यादेशका कारण सहकारी क्षेत्रमा गम्भीर असर परेको उहाँले औंल्याउनुभयो। “अध्यादेशका कतिपय प्रावधानले गर्दा अहिले सहकारी संस्थाहरूलाई कमजोर बनाउने निश्चित छ । ” प्रमुखकार्यकारी अधिकृत धोजुले भन्नुभयो। उहाँले कर्मचारीहरूलाई वर्तमान अध्यादेश र कानुनी व्यवस्थाबारे पूर्ण रूपमा जानकार हुन आग्रह गर्नुभयो।
तलिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेम प्रसाद थारुले कोपोमिस जस्ता प्राविधिक प्रणालीहरू निरन्तर अभ्यास गरेर मात्र पोख्त हुन सकिने बताउनुभयो। विस्तारै र नियमित रूपमा कार्य गर्दा प्रयोगात्मक कुराहरू सहजै सिक्दै जान सकिने उहाँको सुझावथियो ।
तालिमको समापन सत्रमा संघको अन्तर लगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य योगेन्द्र बहादुर खर्बुजाले व्यस्त समयका बाबजुद सहभागी भई प्रविधि सिक्न उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उपसमितिका सदस्य अनिलकुमार सुवालले सफलता पूर्वक सञ्चालन गर्नु भएको उक्त प्राविधिक तालिममा संघमा आबद्ध सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।


Related News

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...

कर योजना तालिम सम्पन...


Members