सहकारी मूल्य, मान्यता एवम् सिद्धान्तलाई आत्मसात गर्दै समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुलाई स्थानीय स्तरमा विकास गर्न, गैर समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुलाई निरुत्साहित पार्नुका साथै सहकारी क्षेत्रमा देखापरेको विकृति विसंगति हटाई सहकारी आन्दोलनलाई सही दिशामा अगाडी बढाउन तड्कारो आवश्यकता बोध भएकोले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा “बचत तथा ऋण सहकारी संस्थाहरुमा देखापरेको विकृति, विसंगति तथा त्यसका निराकरण” विषयक अन्र्तक्रिया कार्यक्रम २०५६ साल चैत्र १३ गते सम्पन्न भएको थियो । सोही कार्यक्रममा जिल्लामा एउटा सामूहिक छाता संगठनको रुपमा जिल्ला संघको औचित्यता बारे बस्तुगत अध्ययन गर्न एक कार्यदलको गठन भई ३१ चैत्र २०५८ मा नेफ्स्कूनका तत्कालिन केन्द्रीय अध्यक्ष श्री कैलाशभक्त प्रधानाङ्ग ज्यूको समूपस्थितिमा प्रतिवेदन पेश भई श्री राजेन्द्र दुमरु ज्यूको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिले ८ असार २०५९ मा संघ गठन गर्न प्रारम्भिक भेला आयोजना गरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुर नाम रहने गरी श्री राजेन्द्र दुमरु ज्यूको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरेको थियो । विभिन्न आरोह अवरोह पार गरी लामो समयको अन्तराल पछि २०६२ बैशाख २१ गते बिधिवत रुपमा जिल्ला संघको स्थापना भएको हो ।
शुभ दीपावली, नेपाल सम्वत् ११३९ एंव छठ पर्वको पावन अवसरमा संघमा आवद्ध सदस्य संस्था र सम्पुर्ण सहकारीकर्मीहरुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
नेफ्स्कुनको १९ औं स्थापना दिवस कार्यक्रममा हामा्रे संघलाई उत्कृष्ट वचत संघ – २०६८ पुरस्कारका लागि छनोट गरिएको छ। यस अधि २०६६ सालमा पनि राष्ट्रिय सहकारी संघले उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको थियो । विभिन्न सभा सम्मेलनहरुमा पनि उपल्लो संघका सहकारी अगुवाहरुले यस संघको क्रियाशिलतालाई प्रशंसा गरेका छन । यसबाट संघका औपचारिक ६ वर्ष सफल भएको मात्र होइन , जिल्ला तहमा जिल्ला संघको माध्यबाट एकद्वार प्रणालीमा हाम्रो विषयगत सहकारी संगठनको संरचना अगाडि बढ्नु पर्ने स्पष्ट भएको छ।
बचत सहकारी संस्थाहरुको बढ्दो संख्या, एउटै व्यक्तिको कयौं संस्थामा सदस्यता सहकारी ऐन कानुन विपरित संस्थाहरुको संचालन, नियमक निकायको नैराश्यता, सहकारी भन्दा व्यवसायिक बृद्धि र नाफा, अस्वस्थ प्रतिस्पर्धा लगायतका कयौं नयाँ समस्याहरुले समेत गाँजेको यस अभियानलाई सही दिशा निर्देशन गर्नलाई सहकारी संस्थाहरुलाई संघीय संरचनामा अनुशासीत र नियमन गर्ने भन्दा अर्काे विकल्प हुन सक्दैन । सहकारी ऐन– २०४८ मा हाल विद्यमान विषयगत ३ तहको संरचनालाई हरेक संघ÷संस्थाले कडाईका साथ लागु गर्नु÷गराउनु नै बस्तुगत र उत्तम विकल्प हुनेछ ।
२०४६ साल पछि सहकारीको विकास स्वतस्र्फूत रुपमा भएको पाइन्छ । सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार सहकारी संस्थाहरु स्वायत्त छ । जस्ले गर्दा सहकारी संस्थाहरु स्वतन्त्र रुपमा आफ्नो विकासको लागि फुल्ने र फक्रिने मौका मिल्यो । आज यसको लोकप्रियता र महत्व बढी रहेको सहकारीको बढ्दो संख्या र राज्यको तीन अम्बे अर्थ नीति मध्ये एक खम्बाको रुपमा ग्रहण गरेको कदमले नै पुष्टि गर्छ । तर सहकारीको नाम बेचेर पैसा कमाउने वित्तीय अपराधीहरुले सहकारीमा देखिएको कमजोरीलाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यमका रुपमा प्रयोग गरिरहेको तथ्य पनि सहकारीमा देखिएको विकृतिले पुष्टि गरेको अवस्था छ । यस अर्थमा सहकारीलाई नबुझिकन सहकारीमा लाग्नु भनेको वित्तीय अपराधीहरुलाई प्रश्रय दिनु हो । तसर्थ सहकारीको पवित्र भावनालाई बुझि सहकारीको सिद्धान्त र मूल्यमान्यताको व्यवहारिक प्रयोगमा ध्यान दिने र दिलाउने कार्यमा हामी सहकारीकर्मी लागु पर्दछ । अनि मात्र सहकारीको माध्यमबाट सम्रग राष्ट्रको विकास हुनेमा हामी विश्वास गर्न सक्छौं ।