News

कर योजना तालिम सम्पन्न

सहकारीमा थप समस्या सिर्जना हुने देखिएकोले तत्काल संशोधन गर्नुपर्ने बताउनु भयो ।
संघका संचालक इन्द्रप्रसाद व्यान्जुले संस्थाले तिनुपर्ने कर तथा अन्य विवरणहरु समयमा दाखिला गरी दण्ड जरिवानाबाट बच्न कर्मचारीहरुलाई कर सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो । वहाँले सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राख्नुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले कर सम्बन्धी तालिम लिएर मात्र हुदैन । कर प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने विचार राख्नुभयो । वहाँले हाल जारी भएको अध्यादेशका बारेमा संघमा आबद्ध सदस्य संस्थाहरुसंग छलफल गर्न २०८१ पुष २५ गते अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
लेखापरिक्षक प्रद्युमन घिमिरेले करको विषय सिक्न लेखाको ज्ञान हुनुपर्ने बताए । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने वहाँको भनाइ थियो । वहाँले कर दाखिला, अग्रिम कर दाखिला, इ टिडिस र इ फाइलिङ्गको प्रयोगात्मक सिकाई समेत गराउनु भएको थियो ।
तालिममा सहभागीहरुले सहकारीले दाखिला गर्नुपर्ने कर, राजश्व शिर्षक, दाखिला गर्ने तरिका, इटि डिस, इफाइलिङ्ग, अनुमानित करदाखिला लगाएतका विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धीत कर्मचारीहरु २५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।


Related News

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...


Members