News

बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न

२०८१ पुष १६ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा बस्तु तथा सेवा व्यवस्थापन तालिम सिटी गाउँ होटल, भक्तपुरमा सम्पन्न भयो । संघका उपाध्यक्ष हरि कृष्ण बल्लले सहकारीमा सदस्य केन्द्रीत वित्तीय सेवा निर्माण गर्नुपर्ने बताए । केही सहकारीमा देखापरेको समस्या समाधानका लागि हाल जारी सहकारी ऐन २०७४ संशोधनका लागि बनेको अध्यादेशले सम्पुर्ण सहकारीलाई समस्या पारेको वहाँले जिकिर गर्नुभयो । वहाँले नेपालको संविधान विपरित मौलिक हक हनन हुने गरी वित्तीय सहकारीलाई कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचत तथा ऋणको सिमा तोक्नु गलत भएको बताउनु भयो ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा सदस्य केन्द्रीत तथा प्रभावकारी वित्तीय सेवा निर्माणमा टेवा पु¥याउन तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले जारी अध्यादेशका अव्यवहारिक व्यवस्थाले सहकारीमा थप अन्यौलको बातावरण सिर्जना गरेको बताउनुभयो ।
नेफ्स्कूनका तालिम केन्द्रका प्राचार्य बल्लभ तिमिल्सीनाले तालिममा सिकेका कुराहरु कम्तीमा प्रतिवेदन बनाई संस्थाको संचालक समितिमा पेश गर्न आग्रह गर्नुभयो । वहाँले सहकारी बैंक भन्दा राम्रो बनाउन गर्भदेखी स्वर्गसम्मका प्रभावकारी वित्तीय सेवाहरु सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी तालिम तथा शिक्षामा एकरुपता र प्रभावकारी बनाउन नेफ्स्कून बचत संघ साझेदारी मार्फत तालिम कार्यक्रम गरेको बताउनुभयो । वहाँले कम सहकारी संख्यामा समस्या देखिएता पनि अपचलन भएको रकमको आधारमा ठूलो समस्या देखिएकोले सरकारले बाध्यभएर सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी गरेको बताए ।
तालिममा सहभागीहरुले सदस्य केन्द्रीत वित्तीय सेवाको निर्माण गर्न तालिमले टेवा पु¥याएको बताउनुभयो । तामिलमा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे २० जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन अन्तरलगानी तथा वित्तीय सेवा प्रर्वद्धन उपसमितिका सदस्य राजकुमार लघुले गर्नुभएको थियो ।


Related News

२० औं बार्षिक साधारण सभा सम्पन्न

NFRS तालिम सम्पन्न

कर योजना तालिम सम्पन्न

अध्यादेश बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

अध्यादेश, निर्देशन तथा मापदण्डमा संशोधनका लागि ध्यानाकर्षण सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

Notices

प्रेसविज्ञप्ति

वित्तीय तथा अन्य विवरण

व्याजदर परिबर्तन सम्बन्धमा


Members