News

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरको अर्धबार्षिक समीक्षा मिति २०८१ फागुण १० गते केभि लन्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समीक्षा बैठकको अध्यक्षता गर्दै संघले वर्तमान अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जारी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्ने लगायतको विषयमा बताउनुभयो ।
संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संघले सहकारी सुशान, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताउनुभयो । सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसी क्रियाशिल हुनुपर्ने बताउनुभयो । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कुल वासलात ३ अर्ब ८१ करोड र ३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृट संघबाट पुरस्कृत हुन सफल भएकोमा बधाई तथा धन्यवाद दिदैं संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता औल्याउनुभयो । उहाँले प्रस्तुत कार्यक्रम प्रगति प्रतिवेदनमा व्याख्यात्मक टिप्पणी गरी प्रस्ट्याउनु भयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पुँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पुँजी बृद्धिमा जोड दिएको बताउनुभयो । उहाँले ७ प्रतिशत व्याजदरमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको बताउनुभयो ।
समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ३७ जनाको उपस्थिति रहेको थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।


Related News

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...

कर योजना तालिम सम्पन...

काेपाेमिस तालिम सम्प...

उपसमितिका सदस्यहरुको...

“नवीनतम व्यवसाय र प्...

‘सदस्य सक्षमता विकास...


Members