भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरको अर्धबार्षिक समीक्षा मिति २०८१ फागुण १० गते केभि लन्ज, कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समीक्षा बैठकको अध्यक्षता गर्दै संघले वर्तमान अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जारी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्ने लगायतको विषयमा बताउनुभयो ।
संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संघले सहकारी सुशान, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताउनुभयो । सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसी क्रियाशिल हुनुपर्ने बताउनुभयो । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कुल वासलात ३ अर्ब ८१ करोड र ३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृट संघबाट पुरस्कृत हुन सफल भएकोमा बधाई तथा धन्यवाद दिदैं संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता औल्याउनुभयो । उहाँले प्रस्तुत कार्यक्रम प्रगति प्रतिवेदनमा व्याख्यात्मक टिप्पणी गरी प्रस्ट्याउनु भयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पुँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पुँजी बृद्धिमा जोड दिएको बताउनुभयो । उहाँले ७ प्रतिशत व्याजदरमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको बताउनुभयो ।
समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ३७ जनाको उपस्थिति रहेको थियो । समीक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।