News

कार्यविधि निर्माण तालिम सम्पन्न

२०८१ चैत्र ८ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा “कार्यविधि निर्माण” तालिम सिद्धि गणेश तालिम हल, भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट संचालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । नीति र विधि विना व्यक्तिगत निर्णयबाट संचालित सहकारी सहकारी नभई एक्लौटी व्यवसाय जस्तो हुन्छ । यस्ता सहकारी सस्थाहरुमा समस्या देखिएको उहाँले बताउनुभयो । जारी अध्यादेशले नेपालभरीमा कुनै एक प्रकृतीमा सदस्य भएपछि अर्को सोहि प्रकृतीको सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उहाँको भनाइ थियो । व्यक्तिगत बचतको सिमालाई सस्ंथागत पुँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत संकलन गर्न पाउने गरी प्रतिस्थापन विद्येयक पारीत गरेको जानकारी गराउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था संचालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानून अनुसार अद्यावधि गर्नुपर्ने बताउनुभयो । कार्यविधि काम गर्ने विधी भएकोले उक्त विधीलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयनुकाल परिमार्जनमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो ।
नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएता पनि कार्यविधीले कानुन सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने वहाँको भनाइ थियो । उहाँले कार्यविधि निमार्णले काम गर्न सहजता समेत हुने बताउनु भएको थियो ।
तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।


Related News

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

अनुपालना अधिकारीको क...

संचालकको क्षमता अभिब...

निर्णय लेखन तालिम सम...

प्रभातफेरी कार्यक्रम...

'कर्जा असुली न्यायाध...

भक्तपुर जिल्ला बचत स...

सहकारी अध्यादेश २०८३...

सहकारी अध्यादेश २०८३...

कर योजना तालिम सम्पन...

काेपाेमिस तालिम सम्प...

उपसमितिका सदस्यहरुको...

“नवीनतम व्यवसाय र प्...

‘सदस्य सक्षमता विकास...

वार्षिक समीक्षा तथा...

अन्तरक्रिया कार्यक्र...


Members